टेस्लाले फिर्ता माग्यो आफ्नो मोडल–३ र मोडेल–एस्का विद्युतीय कार

३ बर्ष अगाडि

काठमाडौं - टेस्लाले आफ्नो मोडल–३ र मोडेल–एस्का विद्युतीय कारहरु फिर्ता मागेको छ । रियरभ्यू क्यामेरा र दुर्घटनाको जोखिम बढाउने समस्याहरूलाई सम्बोधन गर्न उक्त कारहरु फिर्ता मागेको हो । 

फिर्ता मागेका कारहरूको सङ्ख्या ४ लाख ७५ हजार भन्दा बढी रहेको छ । टेस्लाले रियरभ्यू क्यामेराको समस्या समाधान गर्न मोडल–३ का ३ लाख ५६ हजार कारहरु फिर्ता मागेको छ । त्यसैगरी फ्रन्ट हुडको समस्या समाधान गर्न मोडेल–एसका १ लाख १९ हजार कारहरु फिर्ता मागेको छ ।

अमेरिकामा मात्रै टेस्लाले अहिले सम्म २,३०१ वारेन्टी दावी र ६०१ फिल्ड रिपोर्टहरूका मुद्दाहरु पहिचान गरेको छ । टेस्लाको यस निर्णयले प्रारम्भिक ओपनिङ्गमा ३ प्रतिशतले शेयर घटेको थियो । तर कारोबारको अन्त्य सम्म आइपुग्दा ३ प्रतिशत घाटामा गएको शेयर तुलनात्मक रुपमा बराबरीमा आइसकेको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया