काठमाडौं - विभिन्न चार कम्पनी हकप्रद शेयर निष्काशनका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्ड ९सेबोन० को अनुमति पर्खेर बसेका छन् । जसमा आइएमई जनरल इन्स्योरेन्स कम्पनी लिमिटेड, शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड, अपि पावर कम्पनी लिमिटेड र नेपाल फाइनान्स कम्पनी लिमिटेड रहेका छन् ।
१. आइएमई जनरल इन्स्योरेन्स कम्पनी लिमिटेड
आइएमई जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले हाल कायम चुक्ता पुँजीको १ अर्ब १५ करोड ७६ लाख रूपैयाँको ४० प्रतिशत हकप्रद सेयर निष्कासन गर्न भदौ १७ गते, बिहीबार नियामक निकाय नेपाल धितोपत्र बोर्ड ९सेबोन० मा निवेदन पेश गरेको छ । कम्पनीले १:०.४ अनुपातमा हकप्रद सेयर निष्कासन गर्न लागेको हो ।
कम्पनीले हकप्रद सेयर निष्कासनका लागि बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । कम्पनीको गत वैशाख १२ गते सम्पन्न २३औँ वार्षिक साधारण सभाले ४० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव पारित गरेको थियो । बीमा समितिले पनि कम्पनीलाई हकप्रद सेयर निष्कासनको अनुमति दिइसकेको छ ।
२. शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड
शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले १०:३० को अनुपातमा ३० प्रतिशतले हुन आउने ५२ लाख ७५ हजार ५ सय ७२ कित्ता हकप्रद सेयर निष्कासन गर्न जेठ २५ गते मंगलबार सेबोनमा निवेदन पेश गरेको छ । कम्पनीको उक्त हकप्रद सेयरमा निष्कासन तथा बिक्री प्रबन्धकको काम एनआईबिएल एस क्यापिटल लिमिटेडले गर्नेछ । रेटिङ एजेन्सी इक्रा नेपालले कम्पनीको हकप्रदलाई ‘एपीआरए’ रेटिङ प्रदान गरेको छ । यस रेटिङले कम्पनी समयमा आफ्नो वित्तीय दायित्व पूरा गर्न सक्ने रहेको संकेत गर्दछ ।
३. अपि पावर कम्पनी लिमिटेड
अपि पावर कम्पनी लिमिटेडले १:०.३९३६ को अनुपातमा एक सय रूपैयाँ अंकित दरमा एक अर्ब ८ करोड ६० लाख रूपैयाँ बराबरको १ करोड ८ लाख ६० हजार कित्ता हकप्रद सेयर निष्कासन गर्न असोज २५ गते सेबोनमा निवेदन पेश गरेको हो । कम्पनीले हकप्रद सेयर निष्कासन गर्नका लागि मुक्तिनाथ क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ।
४. नेपाल फाइनान्स कम्पनी लिमिटेड
नेपाल फाइनान्स कम्पनी लिमिटेडले १:०.७० को अनुपातमा एक सय रूपैयाँ अंकित दरमा ७० प्रतिशतले हुन आउने ३४ करोड ५४ लाख ४७ हजार ४ सय २७ रूपैयाँ बराबरको ३४ लाख ५४ हजार ४ सय ७४ कित्ता हकप्रद सेयर निष्कासन गर्न कार्तिक १ गते सेबोनमा निवेदन पेश गरेको छ । कम्पनीले हकप्रद सेयर निष्कासन गर्नका लागि प्रभु क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ।
प्रतिक्रिया