कोरोना भाइरस (कोभिड ९) को महामारीका कारण विश्वका धेरै मुलुकले अर्थतन्त्र थिलोथिलो भएको बताएका छन् । महामारीबाट बच्नका लागि गरिएको लकडाउन, कोभिडका कारण व्यापारमा गिरावट लगायतका कारणले अर्थव्यवस्था चौपट हुन पुगेको छ ।
तर यस्तो सङ्कटपूर्ण अवस्थाका बीचमा पनि सन २०२१ मा विश्वका धनाढ्यहरूको सम्पत्ति भने खर्बौं डलरले बढेको देखिएको छ । विश्वका सर्वाधिक धनाड्य एलन मस्क लगायत १० जनाको नेटवर्थ एकै वर्षमा मात्रै ४ खर्ब २ अर्ब अमेरिकी डलरले बढ्न सफल भएको तथ्यांक सार्वजनिक भएको छ ।
धनाढ्यहरूको सूचीमा पहिलो नम्बरमा रहेका मस्कको सम्पत्ति यस वर्ष १ खर्ब १८ अर्ब डलरले बढेर २ खर्ब ७४ अर्ब डलर पुगेको छ ।
धनाड्यको दोस्रो स्थानमा रहेका अमेरिकाका जेफ बेजोसको सम्पत्ति पनि यस वर्ष करिब ४ अर्ब डलरले बढेर १ खर्ब ९४ अर्ब डलर पुगेको छ ।
तेस्रो नम्बरमा रहेका फ्रान्सेली नागरिक सम्पत्ति ६३.७ अर्ब डलरको वृद्धिसँगै १ खर्ब ७७ अर्ब पुगेको छ । युरोपियन फेसन टाइकून बर्नाडको सम्पत्ति यसवर्ष सबैभन्दा धेरै बढेको देखिएको छ । उनी गत जेठमा विश्वकै सबैभन्दा धनी व्यक्ति बन्न सफल भएका थिए ।
त्यस्तै चौथो नम्बरमा रहेका बिल गेट्सको सम्पत्ति ६.५९ अर्बले बढेर १ खर्ब ३८ अर्ब, पाँचौ नम्बरका लरी पेजको सम्पत्ति ४७ अर्बले बढेर १ खर्ब २९ अर्ब, छैठौँ नम्बरका मार्क जुकरबर्गको सम्पत्ति २४.९ अर्बले बढेर खर्ब २८ अर्ब पुगेको छ ।
सतौँ नम्बरका विश्वका धनाड्य सर्जी ब्रीनको सम्पत्ति ४४.८ अर्बले बढेर १ खर्ब २५ अर्ब, आठौं नम्बरका स्टीभ बालमेरको सम्पत्ति ४०.३ अर्बले बढेर १ खर्ब २१ अर्ब, नबौं नम्बरका वारेन बफेटको सम्पत्ति २१.९ अर्ब डलरले बढेर १ खर्ब १० अर्ब र दशौ नम्बरका धनाड्य लरी एलिसनको सम्पत्ति २०.४ अर्ब डरले बढेर १ खर्ब ८ अर्ब अमेरिकी डलर पुगेको छ ।
प्रतिक्रिया