काठमाडौं - हकप्रद सेयर निष्काशनका तयारीमा रहेका विभिन्न तीन कम्पनीले नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट अनुमति पाइसेको छन् । जसमा समृद्धि फाइनान्स कम्पनी लिमिटेड, कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेड र छ्याङ्दी हाइड्रोपावर कम्पनी लिमिटेडले हकप्रद सेयर निष्कासन गर्न सेबोनबाट अनुमति पाएका हुन् ।
१. समृद्धि फाइनान्स कम्पनी लिमिटेड
समृद्धि फाइनान्स कम्पनी लिमिटेडले ५० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको हो । कम्पनीले २स्१ को अनुपातमा एक सय रूपैयाँ अंकित दरमा ५० प्रतिशतले हुन आउने २७ करोड २९ लाख ७० हजार ५ सय रूपैयाँ बराबरको २७ लाख २९ हजार ७ सय ५ कित्ता हकप्रद सेयर निष्कासन गर्न साउन १५ गते सेबोनमा निवेदन पेश गरेको थियो । कम्पनीले शेयर निष्कासन गर्न बोर्डबाट अनुमति पाइसकेको छ ।
कम्पनीले हकप्रद सेयर निष्कासन गर्नका लागि बिओके क्यापिटल मार्केट लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । कम्पनीले हकप्रद निष्कासन गर्ने प्रयोजनका लागि पौष ११ गते एक दिन बुकक्लोज गरेको थियो । त्यसैले, पौष ८ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० मा कारोबार भई कायम भएका शेयरधनीहरूले मात्र हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् ।
२. कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेड
कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडले १:१.५ अनुपात अर्थात १५० प्रतिशत हकप्रद निष्कासन गर्नका लागि पुस २६ गते बोर्डमा निवेदन दिएको थियो । बोर्डले पौष १ गते अनुमति प्रदान गरेको हो । बैंकले ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता हकप्रद सेयर जारी गर्न लागेको हो । बैंकले हकप्रद निष्कासनका लागि सिभिल क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।
३. छ्याङ्दी हाइड्रोपावर कम्पनी लिमिटेड
छ्याङ्दी हाइड्रोपावर कम्पनी लिमिटेडले १० बराबर ३ अनुपातमा हकप्रद सेयर निष्कासन गर्न अनुमति माग्दै वैशाख १५ गते बोर्डमा निवेदन दिएको थियो । बोर्डले पौष १ गते अनुमति प्रदान गरेको हो । कम्पनीले ८ करोड ९३ लाख २ हजार ५०० रुपैयाँ बराबरको प्रतिकित्ता १०० अंकित दरका ८ लाख ९३ हजार २५ कित्ता हकप्रद सेयर निष्कासन गर्न अनुमति मागेको हो ।
कम्पनीको उक्त हकप्रद सेयरमा निष्कासन तथा बिक्री प्रबन्धकको काम ग्लोबल आइएमई क्यापिटल लिमिटेडले गर्नेछ। कम्पनीले हकप्रद निष्कासन गर्ने प्रयोजनका लागि पौष २१ गते एक दिन बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, पौष २० गतेसम्म नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० मा कारोबार भई कायम भएका शेयरधनीहरूले मात्र हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् ।
प्रतिक्रिया