शुक्रबार ५ कम्पनीकोे शेयरमूल्य समायोजन, समायोजनपछि कुन कम्पनीको शेयरमूल्य कति ?

४ बर्ष अगाडि

काठमाडौं, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा शुक्रबार ५ कम्पननीकोे शेयरमूल्य समायोजन भएको छ । 

आज कृषि विकास बैंक,नबिल बैंक, हिमालयन डिष्टिलरी, गुडविल फाइनान्स र फरवार्ड लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्य समायोजन भएको हो।

साधारण सभा प्रयोजनार्थ यी कम्पनीहरुले बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।

यस दिन नेप्सेले नबिल बैंकको ३३.६० प्रतिशत, हिमालयन डिष्टिलरीको ७५ प्रतिशत, गुडविल फाइनान्सको ९.१० प्रतिशत, फरवार्ड लघुवित्तको ३५ प्रतिशत र कृषि विकास बैंकको २० प्रतिशत बोनस शेयर समायोजन गरेको हो। समायोजनपश्चात नबिल बैंकको शेयरमूल्य १ हजार ८५ रुपैयाँ ३३ पैसा, हिमालयन डिष्टिलरीको ३ हजार ९२५ रुपैयाँ ७१ पैसा, गुडविल फाइनान्सको ५३३ रुपैयाँ ४६ पैसा, फरवार्ड लघुवित्तको १ हजार ९६२ रुपैयाँ ९६ पैसा र कृषि विकास बैंकको ४१० रुपैयाँ कायम भएको छ।

नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा यी कम्पनीहरुको शेयरमूल्य समायोजन गरेको हो। अघिल्लो कारोबार दिन अर्थात गत बुधबार नबिल बैंकको शेयर दोस्रो बजारमा प्रतिकित्ता १ हजार ४५० रुपैयाँ, हिमालयन डिष्लिरीको ६ हजार ८७० रुपैयाँ, गुडविल फाइनान्सको ५८२ रुपैयाँ, फरवार्ड लघुवित्तको २ हजार ६५० रुपैयाँ र कृषि विकास बैंकको ४९२ रुपैयाँमा अन्तिम कारोबार भएको थियो।

४ बर्ष अगाडि

प्रतिक्रिया