बिहानदेखि रोकिएको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल सञ्चालनमा, लगातार ५ विमान अवतरण

४ बर्ष अगाडि

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शुक्रबार बिहान रोकिएको उडान ४ घण्टापछि सुरु भएको अधिकारीहरूले बताएका छन्। बाक्लो कुहिरोका कारण ‘जिरो भिजीविलीटी’ हुँदा बिहानैदेखि रोकिएको उडान बिहान ११ बजेर २ मिनेटदेखि शुरु भएको हो । 

दोहाबाट आएको हिमालय एअरलाइन्सको विमान ११ बजेर २ मिनेटमा अवतरण गरेपछि विदेशबाटै आएका अरू पाँचवटा विमानले अवतरण गरिसकेका छन् । 

बिहान साढे ६ बजे विमानस्थल खुला भएदेखि नै कुनै पनि विमान उड्न वा अवतरण गर्न नसकेपछि नेपाल आएका जजीरा एअरवेज, कतार एअरवेज, हिमालय एअरलाइन्स, फ्लाई दुबई लगायतका विमानले नेपाली आकासमा घण्टौं फन्को मारेका थिए। 

बिहान ‘जिरो’ भिजिविलिटीका कारण त्रिभूवन अन्तरराष्ट्रिय विमानस्थल बन्द भएपनि विमान स्थल खुल्ने आशामा विदेशबाट आएका ८ अन्तराष्ट्रिय उडानले काठमाडौं देखि सिमराको आकाशमाथि कैयौं पटक चक्कर काटे । 

आकाशमा चक्कर काटिरहेका ४ बिमानको इन्धन सकिन लागेपछि ३ वटालाई बंगलादेशको ढाका एयरपोर्ट एक विमानलाई कलकत्ता डाइभर्ट गरिएको थियो । कुवेतबाट आएको जजिरा एयरका २ विमान र दमामबाट आएको हिमालयन एयरको १ विमानलाई ढाकामा अवतरण गरेका थिए भने फ्लाई दुबईको विमान कलकत्ता एयरपोर्ट गएको थियो । 

यस्तै दुबई र दोहाबाट काठमाडौं आएका कतार एयरको एउटा विमान, हिमालयन एयरका दुई विमान, नेपाल एयरलाइन्सको एउटा विमानले काठमाडौं र सिमराको आकाशमा चक्कर काटिरहेका छन् । 

अङ्ग्रेजी वर्षको पूर्वसन्ध्या परेकोले आज झन् मानिसहरूको ओहोरदोहोर बढी हुने दिन भएको व्यवसायीहरूले बताएका छन्।

विमानस्थल बन्द हुँदा आन्तरिक उडान पनि प्रभावित बनेका थिए । तर बिहान सवा ११ बजेबाट पहाडी क्षेत्रमा आन्तरिक उडानहरू पनि सुरु भएको जानकारी अधिकारहिरुले बताएका छन् । तर तराईका कतिपय ठाउँमा बाक्लो हुस्सु लागेकोले त्यतातिर अझै सुरु भइनसकेको बताइएको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया