२०% लाभांश प्रस्तावसहित गणपति लघुवित्तको साधारण सभा भोलि हुदैँ, समय कति बजे ?

४ बर्ष अगाडि

काठमाडौं,  गणपति लघुवित्त वित्तीय संस्थाको ५ औ साधारण सभा भोलि(शनिबार) हुदैँछ । सभा बिहान ११ बजेबाट हइट हाउस प्यालेस शुक्लागण्डी दुलेगौंडा तनहुँमा हुनेछ । 

सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई १९ प्रतिशत बोनस शेयर १ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गर्नेछ  ।

साथै सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्नुका साथै आर्थिक वर्ष २०७८/०७९ को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गर्नेछ ।

साधारण सभा प्रयोजन र लाभांश वितरणका लागि कम्पनीले पुस ७ गतेदेखि पुस १६ गतेसम्म बुक क्लोज गरेको हुदाँ पुस ६ गतेसम्म कायम शेयरधनीहरुले मात्र लाभांश प्राप्त र सभामा भाग लिन पाउनेछन् ।
 

४ बर्ष अगाडि

प्रतिक्रिया