अधिकांश हाइड्रो कम्पनीको लाभांश अघिल्लो वर्षको तुलनामा बढ्यो, कुन कम्पनीले कति प्रतिशत दिदैँ ?

४ बर्ष अगाडि

काठमाडौं, गत आर्थिक वर्षको मुनाफाबाट लाभांश घोषणा गर्ने अधिकांश कम्पनीको लाभांश दर अघिल्लो वर्ष (२०७६/
अधिकांश हाइड्रो कम्पनीको लाभांश अघिल्लो वर्षको तुलनमा बढ्यो, कुन कम्पनीले कति प्रतिशत दिदैँ ?७७) को तुलनामा बढेको छ ।  

लाभांश घोषणा गरेका मध्ये ६ कम्पनीको लाभांश दर अघिल्लो वर्षको भन्दा वृद्धि भएको हो । बुटवल पावरले भने अघिल्लो वर्ष र यस वर्ष पनि २० प्रतिशत नै लाभांश दिएको छ । यता,अघिल्लो वर्ष लाभांश नदिएका ४ कम्पनीले यो वर्ष लाभांश घोषणा गरेका छन् ।

यस्तै,चिलिमे हाइड्रोपावर र सानिमा माई हाइड्रोपावरको लाभांश दर भने अघिल्लो वर्षको भन्दा घटेको छ । अघिल्लो वर्ष २० प्रतिशत लाभांश दिएको चिलिमेले यो वर्ष १५ प्रतिशत दिएको छ । अघिल्लो वर्ष १५ प्रतिशत लाभांश दिएको सानिमा माईले यो वर्ष १०.५३ प्रतिशत मात्रै दिएको छ । यता, हालसम्म सबैभन्दा धेरै लाभांश घोषणा गर्नेमा ङादी ग्रुप पावर रहेको छ । यसले २० प्रतिशत बोनस सेयर र कर तिर्न १.०५ प्रतिशत नगद गरी कुल २१.०५ लाभांश दिएको छ ।

बुटवल पावरको २० प्रतिशत लाभांश रहेको छ । अरुण कावेली, कालिका पावरको १५ प्रतिशत भन्दा धेरै छ । चिलिमे हाइड्रोपावरको लाभांश १५ प्रतिशत छ । अरु ७ कम्पनीको लाभांश दर १० प्रतिशत माथि छ भने नेपाल हाइड्रो डेभलपरले ७.३७ प्रतिशत लाभांश दिंदै छ ।

अघिल्लो आवको लाभांश प्रस्ताव


गत आवको लाभांश प्रस्ताव

४ बर्ष अगाडि

प्रतिक्रिया