काठमाडौं - नेपाल राष्ट्र बैंक लिमिटेडले २८ करोड ६ लाख रुपैयाँ बराबरको रकम मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ ।
बैंकले बैंकको विभिन्न कोषहरूमा रहेको उक्त रकम ३६५ दिनका लागि (२०७८ साल माघ २ गतेदेखि २०७९ साल माघ १ गतेसम्म) बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा लगानी गर्न लागेको हो ।
बैंकले एक सुचना जारी गर्दै यसबारे जानकारी गराएको छ । बैंकले ‘क’ वर्गका वाणिज्य बैंकमा २२ करोड ४६ लाख रुपैयाँ, ‘ख’ वर्गका विकास बैंकहरुमा ४ करोड २० लाख रुपैयाँ र ‘ग’ वर्गका वित्त कम्पनीहरुमा १ करोड ४० लाख रुपैयाँ गरी कूल २८ करोड ६ लाख रुपैयाँ लगानी गर्न लागेको हो ।
प्रतिक्रिया