एभरेष्ट बैंकको मोबाइल बैकिङ एप ‘इबिएल–टच २४’ ओम्नी च्यानल प्रणालीमा स्थानान्तरण

४ बर्ष अगाडि

काठमाडौं - एभरेष्ट बैंक लिमिटेडले मोबाइल बैकिङ एप ‘इबिएल–टच २४’ लाई ओम्नी च्यानल प्रणालीमा स्थानान्तरण गरेको छ । बैंकले पुष १४ गते मोबाइल बैकिङ संस्करणलाई नयाँ ‘ओम्नी च्यानल’मा अपग्रेड गरेको हो ।

उक्त नयाँ च्यानलमार्फत बैंकका ग्राहकहरुलाई जुनसुकै बेला र जहाँसुकै ९मोबाइल, ट्याब, पीसी, ल्यापटप आदि०बाट डिजिटल प्लेटफर्महरु प्रयोग गर्न सहज बनाउने बैंकले जनाएको छ ।

बैंकको लाजिम्पाटस्थित मुख्य कार्यालयमा आयोजिन एक कार्यक्रममा एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ र एफ वान सफ्टका अध्यक्ष विश्वास ढकालको उपस्थितिमा उक्त प्रणालीको शुभारम्भ गरिएको हो ।

४ बर्ष अगाडि

प्रतिक्रिया