काठमाडौं– कर्तब्य ज्यान मुद्धाका फरार अभियुक्त पक्राउ गर्ने क्रममा बाँकेको कोहलपुर एरियामा प्रहरीले गोली चलाएको छ । प्रहरीको गोली लागेर बाँकेको राप्ती सोनारी गाउँपालिका स्थायी घर भएका युवराज गिरी घाईते भएको प्रदेश नम्बर–५ का प्रमुख (डिआईजी) पिताम्बर अधिकारीले जानकारी दिए ।
ईलाका प्रहरी कार्यालय कोहलपुरका डिएसपी रमेश बहादुर सिंहको नेतृत्वमा खटिएको प्रहरी टोलीले अभियुक्त गिरीलाई नियन्त्रणमा लिने क्रममा गोली चलाएको बताईएको छ । २१ बर्षिय गिरीको बाँया खुट्टामा गोली लागेको छ ।
पुस २६ गते प्रहरी सहायक निरीक्षक (असई) को परिक्षामा सहभागी हुन आएका सुर्खेतका दिपक सिंहको कोहलपुरमा घाटी रेटेर हत्या गरिएको थियो । सिंहको घाँटी रेटेर कर्तब्य गरेको घट्नामा युवाराज गिरी संलग्न रहेको प्रहरी अनुसन्धानबाट खुलेपछी बुधवार उनलाई नियन्त्रणमा लिन खोजेको बताईएको छ ।
हत्यामा संलग्न मुख्य योजनाकार भरत शाहीलाई कोहलपुर प्रहरीले गएराती सुखेतको पलाँटे बजारबाट पक्राउ परेको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । मुख्य योजनकार शाहिले दिपक सिंहलाई ‘प्रहरीमा जागिर लगाईदिन्छु’ भन्दै उनिसँग डेढ लाख पैसा लिएको र जागिर लगाउन नसकेपछी पैसा माग्ने क्रममा विवाद भएको थियो । सोही विवादपछी भरतले युवराज गिरीको सहयोगमा सिहलाई घाँटी रेटेर, चुप्पी प्रहार गर्दै विभत्स तरिकाले हत्या गरेका थिए ।
प्रतिक्रिया