वोमी लघुवित्तले आज २० प्रतिशत बोनस सेयर पारित गर्ने

४ बर्ष अगाडि

काठमाडौं - वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडको  १०औं वार्षिक साधारण सभा आज धुलिखेल नगरपालिका-४, धुलिखेल, काभ्रेपलाञ्चोकस्थित होटल अरनिको सभाहलमा बिहान ११ बजेबाट हुदैछ । 

सभामा संस्थाको कार्तिक २५ गते, बिहिबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको २० प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । संस्थाले साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि पौष १ गतेदेखि पौष १६ गतेसम्म बुकक्लोज गरेको छ । 

त्यसैले, मंसिर २९ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका शेयरधनीले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

४ बर्ष अगाडि

प्रतिक्रिया