काठमाडौं - सुर्योदय लघुवित्त वित्तीय संस्था लिमिटेडको साधारण सभा आज हुदैछ । कम्पनीको मंसिर २२ गते, बुधबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार संस्थाको नवौँ वार्षिक साधारण सभा आज सहयात्री पार्टी प्यालेस, पुतलीबजार, स्याङ्जामा बिहान ११ बजेदेखि सुरू हुनेछ ।
सभामा संस्थाको कार्तिक २५ गते, बिहीबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको २० प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । यसका साथै, सभामा सुर्योदय लघुवित्त वित्तीय संस्था वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडसँग गाभ्नेरगाभिने (मर्जर) को प्रस्ताव पारित गरिनेछ ।
वोमी लघुवित्त वित्तीय संस्था लिमिटेड र सूर्योदय लघुवित्त वित्तीय संस्था लिमिटेडबीच भदौ १५ गते, मंगलबार गाभिने सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको थियो । बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्नेरगाभिने (मर्जर) तथा प्राप्ति (एक्विजिशन) सम्बन्धी विनियमावली, २०७३ को विनियम ६ ९१० बमोजिम भदौ १६ गते, बुधबारबाट नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा दुवै संस्थाको कारोबार रोक्का रहेको छ ।
प्रतिक्रिया