२०२२ देखि भारतमा केही परिवर्तन, कपडा र जुत्तामा १२ प्रतिशत जीएसटी

४ बर्ष अगाडि

एजेन्सी - नयाँ वर्ष अर्थात जनवरी २०२२ देखि भारतमा केही परिवर्तन हुन लागेको छ । यो परिवर्तनबाट सर्वसाधारणदेखि व्यापारीसम्म प्रभावित हुनेछन् । २०२२ जनवरी १ देखि धेरै चीजहरूमा कर ९जीएसटी० बढ्दै छ । तसर्थ, लुगा, जुत्ता र चप्पल किन्नदेखि लिएर क्याबको अनलाइन बुकिङसम्म महँगो पर्नेछ ।

जनवरी १ देखि कपडा र जुत्तामा १२ प्रतिशत जीएसटी लगाइनेछ । भारत सरकारले कपडा, रेडिमेड र जुत्तामा ७ प्रतिशत जीएसटी बढाएको छ । जनवरी १ देखि रेडिमेड गार्मेन्टमा जीएसटी दर ५ प्रतिशत देखि १२ प्रतिशत सम्म बढ्नेछ । यसले तयारी पोशाकको मूल्य बढाउँछ । 

यस्तो अवस्थामा नयाँ वर्षदेखि तयार पोशाक किन्न ग्राहकले बढी पैसा तिर्नुपर्ने भएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया