काठमाडौं- आइएमई लाइफ इन्स्योरेन्सले बीमा वापतको दाबी रकम हस्तान्तरण गरेको छ । कम्पनीको कैलाली जिल्लाको लम्की चुहा नगरपालिका –१ थपालीपूर निवासी भिम बहादुर शाहीलाई कम्पनीले बीमा दाबी रकम हस्तान्तरण गरेको छ।
२०७७ साल भदौ १४ गते कम्पनीमा सरल सावधिक १५ वर्षै जीवन बीमा पोलिसी खरिद गरेका उनलाई केही महिना पहिले एक्कासी दाँत र टाउको दुख्यो, चेक जाँचको क्रममा ब्रेन ट्युमर क्यान्सर भएको पुष्टि भएपछि कम्पनीमा दाबी गरेको हो ।
जीवन बीमासँगै घातक रोग सुविधा समेत लिएका शाहीले घातक रोग बापतको उपचार खर्च ३ लाख रुपैयाँ कम्पनीले भुक्तानी गरेको हो ।
प्रतिक्रिया