सनराइज बैंकको ७ प्रतिशत लाभांश पारित, चुक्तापुँजी १० अर्ब माथि

४ बर्ष अगाडि

काठमाडौं, गत आर्थिक वर्षको लाभांश पारित गर्नै सनराइज बैंक लिमिटेडको १४ औँ वार्षिक साधारणसभा आज सम्पन्न भएको छ। 

बैंकको सञ्चालक समितिका अध्यक्ष मोतीलाल दुगडको सभापतित्वमा सम्पन्न सभाले गत आर्थिक वर्षका लागि प्रस्तावित बैंककोे चुक्तापुँजीको ६.६५ प्रतिशत का दरले हुन आउने रकम रु.६३ करोड ९ लाख ४८ हजार ३०९.२१ रुपैयाँबराबरको बोनस शेयर वितरण गर्ने र बोनस शेयरमा लाग्ने कर प्रयोजनका लागि चुक्तापुँजीको ०.३५ प्रतिशत दरले हुन आउने रकम रु. ३ करोड ३२ लाख ७ हजार ८०५.७५ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो। 

बैंकको हाल चुक्तापुँजी रु. ९ अर्ब ४८ करोड ७९ लाख ४४ हजार ४९९.३९  रहेकोमा यस साधारणसभाबाट पारित बोनस सेयर वितरणपश्चात् बैंकको चुक्तापुँजीमा वृद्धि गरी रु. १० अर्ब ११ करोड ८८ लाख ९२ हजार ८०८.६० कायम हुन गएको छ। 
 

४ बर्ष अगाडि

प्रतिक्रिया