बीमा कम्पनीको सञ्चालकमा दामोदर प्रसाद सुवेदी नियुक्त

४ बर्ष अगाडि

राष्ट्रिय बीमा कम्पनीको सञ्चालकमा दामोदर प्रसाद सुवेदी नियुक्त भएका छन् ।

कर्मचारी सञ्चय कोषको तर्फबाट कोषका कायम मुकायम (कामु) मुख्य प्रबन्धक रहेका सुवेदीलाई कोषले मनोनयन गरेको हो ।

कोषको पुस ११ को पत्रअनुसार कामु मुख्य प्रबन्धक सुवेदी कम्पनीको सञ्चालकमा मनोनयन भएका कम्पनीले नेप्से मार्फत जानकारी गराएको छ ।

सुवेदीले पद तथा गोपनियताको सपथ समेत ग्रहण गरिसकेका छन् । कम्पनीको पुस १३ गते बसेको सञ्चालक समितिको बैठकमा सुवेदीलाई पद तथा गोपनियताको सपथ ग्रहण गराइएको हो ।

सुवेदीलाई सञ्चालक समितिका अध्यक्ष उमेश चन्द्र उपाध्यायले पद तथा गोपनियताको सपथ ग्रहण गराएका हुन् ।

४ बर्ष अगाडि

प्रतिक्रिया