सनराइज बैंकद्वारा सेयरधनीलाई ६६ करोड ४१ लाख रुपैयाँ लाभांश वितरण गर्ने प्रस्ताव पारित

४ बर्ष अगाडि

सनराइज बैंक लिमिटेडको १४ औं वार्षिक साधारण सभाले सेयरधनीलाई ६६ करोड ४१ लाख रुपैयाँ बराबरको लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

बिहीबार सम्पन्न सभाले ६३ करोड ९ लाख ४८ हजार ३०९ रुपैयाँ र २१ पैसा बराबरको बोनस सेयर र बोनस सेयरमा लाग्ने कर प्रयोजनको लागि ३ करोड ३२ लाख ७ हजार ८०५ रुपैयाँ र ७५ पैसा वितरण गर्ने प्रस्ताव पारित गरेको हो । 

प्रस्ताव पारित भएपछि बैंकले चुक्ता पूँजीको चुक्ता पूँजी को ६.६५ प्रतिशत बोनस सेयर र बोनस सेयरमा लाग्ने कर प्रयोजनको लागि ०.३५ प्रतिशत नगद लाभांस गरी ७ प्रतिशत लाभांस दिने छ । 

साधारण सभाबाट प्रस्तावित बोनस पारित भएपछि बैंकको चुक्ता पूँजी १० अर्ब ११ करोड ८८ लाख ९२ हजार ८०८ रुपैयाँ र ६० पैसा पुगेको छ । बोनसअघि बैंकको चुक्ता पूँजी ९ अर्ब ४८ करोड ७९ लाख ४४ हजार ४९९ रुपैयाँ र ३९ पैसा थियो ।

यस्तै सभाले सनराइज बैंक र अन्य उपयुक्त बैंक वा वित्तीय संस्थाहरु एक आपसमा गाभ्ने वा गाभिने वा प्राप्ति गर्न गराउने पक्रिया पूरा गर्न आवश्यक पर्ने सम्पूर्ण कार्य गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गरेको छ ।  गाभिने तथा प्राप्ति गर्ने सम्बन्धीको प्रारम्भिक तथा अन्तिम सम्झौता गर्न र सो उपयुक्त देखिएको अवस्थामा वा वैदेशिक रणनीतिक साझेदारीमा जानका लागि चल अचल सम्पत्ति तथा दायित्व र कारोबारको मूल्याङ्कन गर्न तथा गाभ्ने वा गाभिने तथा प्राप्ति गर्ने सम्बन्धीको प्रारम्भिक तथा अन्तिम सम्झौता गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गरेको हाे । 

व्यावसायिक घरानाहरु संस्थापक तथा कुशल व्यवस्थापकबाट विसं २०६४ साल आश्विन २५ मा स्थापना भएको बैंकले देशको विभिन्न क्षेत्रमा छरिएर रहेका सर्वसाधारण वर्ग, कृषिजन्य उद्योग, साना तथा मझौला उद्योग, जलविद्युत आयोजना, व्यापार व्यवसायमा संलग्न व्यापरिक घराना समेतलाई बैंकको सेवामा आवद्ध एवं समाहित गर्दै सर्वसुलभ तवरले बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्देश्यलाई निरन्तरता दिँदै आएको छ ।

बैंकले हाल १३९ वटा शाखा, ८३ वटा शाखारहित बैंकिङ्ग सेवा, १२ वटा एक्सटेन्सन काउण्टर, १५७ वटा ए.टि.एम मार्फत् आफ्ना ८ लाखभन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

कार्यक्रम बैंक सञ्चालक समितिका अध्यक्ष मोतीलाल दुगडको सभापतित्वमा भएको थियो ।

४ बर्ष अगाडि

प्रतिक्रिया