अघिल्लो वर्षभन्दा १०५ प्रतिशतले बढे बैंकिङ कसुरका मुद्धा

४ बर्ष अगाडि

अघिल्लो आर्थिक वर्षको तुलनामा चालू आर्थिक वर्षको पाँच महिनामा बैंकिङ कसुरका मुद्धा १०५ प्रतिशतले बढेका छन् । 

आर्थिक वर्ष २०७७/०७८ को साउनदेखि मंसिरसम्म २ हजार ३ सय ७३ वटा बैंकिङ कसुरका उजुरी परेकोमा चालू आवको पाँच महिनामा १ हजार ८ सय ७ वटा बैकिङ कसुरका उजुरी परेको नेपाल प्रहरीले जनाएको छ । 

प्रहरीको तथ्याङक हेर्दा यो वर्ष देशभर दैनिक १२ वटाभन्दा धेरै बैकिङ कसुरका उजुरी पर्ने गरेको देखिएको छ ।

पछिल्ला आर्थिक वर्षहरुमा यस प्रकारका मुद्धा क्रमशः बढ्दै गएका छन् । आर्थिक वर्ष २०७३/७४ मा देशभर ९३ वटा मात्र बैंकिङ कसुरका मुद्दा दर्ता भएका थिए।

आर्थिक वर्ष २०७४/७५ मा बैकिङ कसुरका  ७ सय ७६ वटा मुद्धा दर्ता भए । सो वर्ष प्रहरी अनुसन्धाका क्रममा ३ सय १५ जना मानिस पक्राउ परेको मध्ये तीन जना विदेशी नागरिक समेत रहेका थिए।

त्यसपछि आब २०७५/७६ मा ३ हजार १ सय ६७ वटा मुद्दा दर्ता भएका थिए भने आर्थिक वर्ष २०७६/७७ मा देशभर ३ हजार ३ सय ९ वटा मुद्दा दर्ता भएका थिए । 

सो वर्ष २० जना विदेशी नागरिकसहित ४ सय ३६ जना मानिसलाई प्रहरीले नियन्त्रणमा लिएको थियो। 
 

४ बर्ष अगाडि

प्रतिक्रिया