अज्ञात समूहले इमेल लेखेर कुमारी बैंकको सिस्तम ह्याक गर्ने चेतावनी दिएपछि नेपाली बैंक तथा वित्तिय क्षेत्रमा तरंग उत्पन्न भएको छ । बिहान साढे १० बजे बैंकिङ्ग प्रणाली ह्याक गर्ने इमेल आएपछि कुमारी बैंकको सिस्टम बन्द गरिएको त भने अन्य बैंकलाई पनि उच्च सतर्कता अपनाउन भनिएको छ ।
साउदी ग्रुप अफ कम्पनी नामबाट आएको इमेलमा प्रणाली ह्याक गरेर पैसा लैजाने कुरा इमेलमा उल्लेख गरिएको छ। कुमारी बैंकले सो इमेलबारे नेपाल राष्ट्रबैंकमा जानकारी गराएपछि राष्ट्रबैंकले राष्ट्र बैंकले सबै बैंक तथा वित्तीय संस्थालाई सचेतना अपनाउन भनेको छ ।
बैंकर्स संघका अध्यक्ष अनिल उपाध्यायले पनि सबै बैंकरलाई भाइबर ग्रुपमार्फत सचेत हुन भनेका छन्। विकास बैंक र फाइनान्स कम्पनीलाई पनि अलर्टमा राखिएको छ। गत साउनमा पनि इमेल लेख्दै प्रणाली ह्याक गर्ने चेतावनी दिइएको थियो।
इमेल आएपनि अहिलेसम्म कुनै पनि अट्याक नभएको राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले जानकारी दिए। कुमारी बैंकका कायम मुकायम प्रमुख कार्यकारी अधिकृत अनुजमणि तिमिल्सिनाले पनि प्रणालीमा कुनै समस्या नआएकोले अब केही बेरमै प्रणाली खोल्ने बताए ।
प्रतिक्रिया