सप्तकोशीका सीईओ पक्राउ : बहिनीको खातामा १४ करोड ट्रान्सफर गरेको भेटियो

४ बर्ष अगाडि

सप्तकोशी डेभलपमेन्ट बैंकको करिब १६ करोड रुपैयाँ घोटाला प्रकरणमा प्रमुख कार्यकारी अधिकृत (सीइओ) नवीन सुवेदी सहित तीन जना पक्राउ परेका छन् । 

नेपाल प्रहरीले सुवेदी सहित बैंक वित्त प्रमुख देवीप्रसाद भण्डारी र अपरेसन प्रमुख अमित थापा मगरलाई पक्राउ गरेको हो । 

बैंकको रेमिट्यान्स शाखाको पार्किङ एकाउन्टबाट पछिल्लो ६ वर्षमा १५ करोड ७० लाख रुपैयाँ अपचलन गरेको विषयमा छानविन गर्दा उनीहरुको संलग्नता रहेको नेपाल राष्ट्रबैंकमा उजुरी परेको थियो । 

सोही उजुरीका आधारमा उनीहरुलाई बैंककै कार्यालयबाट बुधबार प्रहरीले पक्राउ गरेको हो । 

घोटाला भएको १५ करोड ७० लाख रुपैयाँ भन्दा बढी रकममध्ये १४ करोड रुपैयाँ रकम सीईओ सुवेदीको नातामा बहिनी पर्ने बबिता सुवेदीको खातामा पठाएको पाइएको छ । 

बबिताको नाममा रहेको प्राइम बैंकको खातामा सन् २०१६ देखि २०२१ अगष्ट २ तारिखसम्ममा सो रकम ट्रान्सफर भएको देखिन्छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया