एकै परिवारका चारको निस्सासियर मृत्यु

४ बर्ष अगाडि

काठमाडौं - नेपालगञ्जस्थित भेरी अस्पतालको क्वाटरमा एकै परिवारका चार जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरीक्षक खिमबहादुर घर्तीका अनुसार कालीकोटको खडाचक्र नगरपालिका–६ का धनप्रसाद भट्टराई परिवारका चार जना बिहीबार बिहान मृत फेला परेका हुन् ।

वर्ष २४को धनप्रसादसँगै उनकी आमा कोकीला, दिदी नन्दकली र तीन महिनाका छोरा एक्सन भट्टराईको निस्सासिएर मृत्यु भएको प्रहरी निरीक्षक घर्तीले जानकारी दिए । घटनामा धनप्रसादको परिवारका तीन जना सहित अरु पनि परेका छन् उनकी श्रीमती सुशीला बोल्न सक्ने अवस्थामा छन् भने भाइ नरेन्द्र र तीन वर्षका छोरा विवश अहिले पनि अचेत अवस्थामा छन् ।

उनीहरूको भेरी अस्पतालमै उपचार भइरहेको जनाएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया