सिभिल बैंकको ३ अर्ब बराबरको ऋणपत्र बाँडफाँट,ब्याजदर कति ?

४ बर्ष अगाडि

काठमाडौं, सिभिल बैंक लिमिटेडले १० वर्षे अवधिको ऋणपत्र हिजो (पुस १४ गते) बाँडफाँट गरेको छ । 

कम्पनीले मंसिर २४ गतेदेखि पुस ७ गतेसम्म वार्षिक १०.२५ प्रतिशत ब्याजदरको रु. ३ अर्ब बराबरको ३० लाख कित्ता ऋणपत्र विक्री गरेको हो ।

कम्पनीले कुल कित्तामध्ये सामूहिक लगानी कोषका लागि समेत १२ लाख कित्ता सर्वसाधारणमा र १८ लाख कित्ता विभिन्न व्यक्ति तथा संघसंस्थाहरुमा विक्री गरेको हो । उक्त ऋणपत्र विक्री प्रबन्धकको जिम्मेवारी लक्ष्मी क्यापिटल मार्केट लिमिटेडले पुरा गरेको छ । 

बाँडफाँट भएको उक्त ऋणपत्र सम्बन्धीत ऋणपत्र धनीहरुको हितग्राही खातामा भने धितोपत्र दोस्रो बजारमा सूचीकृत भएपछि जम्मा हुनेछ ।
 
 

४ बर्ष अगाडि

प्रतिक्रिया