काठमाडौं-याँ कलाकारले पनि एउटा फिल्मका लागि २५(३० करोड माग्छन् स् करण जोहर कोरोना महामारीका कारण बलिउड इन्डस्ट्री कति फिल्म निर्माण हुन सकेनन् भने कति फिल्मको रिलिज रोकियो । तर, कलाकारको परिश्रमिक बढ्न भने कोरोनाले रोकेन । हालै बलिउडका निर्माता तथा निर्देशक करण जोहरले भनेका छन्, ‘ठूला स्टारले मात्र होइन, नयाँ कलाकारले पनि एउटा फिल्मका लागि २५(३० करोड माग्छन् । म दिक्कै भइसकेँ ।’
करणको धर्मा प्रोडक्शन भारतको टप फिल्म प्रोडक्सन कम्पनीमध्ये एक हो । यो ब्यानरले बनाउने प्रायः फिल्म बक्सअफिसमा सुपरहिट हुने गरेका छन् भने नयाँ कलाकारदेखि निर्देशकसम्म जन्माउने गरेको छ । तर, करण समेत कलाकारको पारिश्रमिक सुनेर तर्सिने गरेका छन् । एउटा फिल्म हिट भएपछि नयाँ(पुराना सबै कलाकारको पारिश्रमिक छोइनसक्नु हुने उनको भनाई छ ।
अनुपमा चोपडासँग एक अन्तर्वार्ताको क्रममा करणले भने ‘केही मेगास्टार र ए लिस्टर कलाकाहरुसँग सम्झौता गर्दा उनीहरुले विजनेश ल्याएर दिन्छन् । तर, नयाँ कलाकारको डिमान्डले मलाई कन्फ्यूज बनाउने गर्छ । कोरोना महामारीको समयमा समेत केही कलाकारले पारिश्रमिक बढाएको देख्दा झन् म आश्चर्यमा परेको छु । उनीहरु आफ्नो बेग्लै काल्पनिक दुनियाँमा रहन्छन् ।’
प्रतिक्रिया