ग्लोबल आइएमई समुन्नत योजना–१ प्रतिइकाई खुद सम्पति मूल्यमा गिरावट, कति कमायो नाफा ?

४ बर्ष अगाडि

काठमाडौं- ग्लोबल आइएमई समुन्नत योजना–१ को प्रतिइकाई खुद सम्पति मूल्य (न्याभ) मा  गिरावट आएको छ । कात्तिक मसान्तमा २२ रुपैयाँ ९८ पैसा रहेको न्याभ मंसिरसम्म आइपुग्दा १२ रुपैयाँ २१ पैसाले घटेर १० रुपैयाँ ७७ पैसामा झरेको छ । सूचीकृत सेयरमा लगानी पनि १ अर्ब ५ करोड २७ लाख २३ हजार रुपैयाँले घटेर १ अर्ब १० करोड ३९ लाख रुपैयाँ कायम भएको छ ।

अघिल्लो महिना यसको २ अर्ब १५ करोड ६६ लाख रुपैयाँको सेयर लगानी रहेको थियो । समुन्नत योजनाको बैंक मौज्दात भने २ करोड ६५ लाख रुपैयाँबाट बढेर १९ करोड १६ लाख भएको छ । यसले कुल ९४ लाख ४० हजार ७८६ कित्ता सेयर होल्ड गरेको छ । मंसिर मसान्तसम्म यो फन्ड ३ करोड ८८ लाख ४४ हजार रुपैयँँ नोक्सानमा रहेको छ । अघिल्लो महिना यसको कुल नाफा १८ करोड १९ लाख रुपैयाँ थियो । 
 

४ बर्ष अगाडि

प्रतिक्रिया