काठमाडौं, आज पुस १५ गते काठमाडौं विश्वविद्यालय, धुलिखेल र ग्लेसियर एजुकेशनल फाउण्डेशन, बनेपा बीच काठमाडौं विश्वविद्यालय, धुलिखेलमा सम्झौता भएको छ ।
सम्झौतामा काठमाडौं विश्वविद्यालयका तर्फबाट रजिष्ट्रार प्रा.डा सुबोध शर्मा र ग्लेसियर एजुकेशनल फाउन्डेसनका अध्यक्ष भोला थापाले हस्ताक्षर गरेका थिए ।
शैक्षिक वर्ष २०२१/२०२२ देखि ग्लेसियर एजुकेशनल फाउन्डेसनले ब्याचलर अफ प्रोफेशनल हस्पिटालिटी (बीपीएच) सञ्चालन गर्ने उद्देश्यले सम्झौता भएको हो ।
हस्ताक्षर समारोहमा उपकुलपति प्रा.डा भोला थापा, रजिष्ट्रार प्रा.डा सुबोध शर्मा, स्कूल अफ म्यानेजमेन्टका डीन प्रा.डा देवीप्रसाद बेदारीको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया