सनराइज फर्स्ट म्युचुअल फण्डको  प्रतिइकाई खुद मूल्य घट्यो, शेयर लगानी कति ?

४ बर्ष अगाडि

काठमाडौं, सनराइज फर्स्ट म्युचुअल फण्डले मंसिर मसान्तसम्म सूचीकृत कम्पनीको शेयरमा ६२ करोड १७ लाख ३२ हजार रुपैयाँ लगानी गरेको छ । यो अघिल्लो महिनाको भन्दा १३ करोड ५४ लाख ३० हजाररुपैयाँ थोरै हो । कात्तिकमा यस फण्डले सूचीकृत शेयरमा ७५ करोड ७१ लाख ६३ हजार रुपैयाँ लगानी गरेको थियो । 
 
यसअवधिमा फण्डले ५४ वटा सूचीकृत कम्पनीको शेयरमा लगानी गरेको छ । जसमा सबैभन्दा धेरै लगानी नबिल बैंकको शयरमा रहेको छ । फण्डमा नबिलको ३२ हजार ३ कित्ता शेयरमा ४ करोड ६४ लाख ४ हजार ३५० हजार रुपैयाँ लगानी रहेको छ । मंसिर मसान्तसम्म आइपुग्दा यसको प्रतिइकाई खुद मूल्य (न्याभ) १ रुपैयाँ १९ पैसाले घटेर १३ रुपैयाँ ४८ पैसा पुगेको छ ।
 
कात्तिकमा यसको न्याभ १४ रुपैयाँ ६७ पैसा थियो । यता पछिल्लो १ महिनामा फण्डको बैंक मौज्दात भने ३ करोड ४३ लाख ४ हजार ७०६ रुपैयाँले बढेर २० करोड २१ लाख २३ हजार रुपैयाँ कायम भएको छ ।अघिल्लो महिना यसको बैंक मौज्दातमा १६ करोड ७८ लाख  रुपैयाँ रहेको थियो । यसको मुद्दति निक्षेपमा १३ करोड रुपैयाँ रहेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया