काठमाडौं - युनाइटेड इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडले निर्जीबन बीमा अभिकर्ता तालिम संचालन गर्ने भएको छ । पुष २८ गतेदेखि ३० गतेसम्म ३ दिने तालिम दिन लागेको हो । कम्पनीले एक सूचना जारी गर्दै उक्त बारे जानकारी दिएको छ ।
कम्पनीले उक्त तालिम भर्चुअल माध्यम अर्थात् जुममार्फत दिने जनाएको छ । उक्त तालिममा सहमागी हुन चाहाने इच्छुक ब्यक्तिले पुष २५ गतेभित्र ५०० रुपैयाँ दस्तुर तिरेर उक्त तालिममा सहभागिता जनाउन सक्नेछन् ।
तालिम सोही मितिमा कम्पनीको केन्द्रिय कार्यालय, ट्रेड टावर, थापाथली काठमाडौंमा बिहान ९ बजे सुरु हुनेछ ।
प्रतिक्रिया