उपत्यकाको वायु प्रदूषण अत्यधिक बढ्यो

७ बर्ष अगाडि

काठमाडौं। उपत्यकाको वायु प्रदूषण अत्यधिक बढेको पाइएको छ । एक साताअघि सामान्य वर्षा हुँदा ह्वात्तै घटेको वायु प्रदूषण मंगलबारबाट उच्च हुँदै गएको छ ।

रत्नपार्कको वायु प्रदूषण मापन यन्त्रले दिएको तथ्यांकअनुसार मंगलबार बिहान २ः४५ मा कणको मात्रा अर्थात् पार्टीकुलेट म्याटर्स (पीएम) २ दशमलव ५ को दरले १४५ पुगेको थियो । राजधानी दैनिकमा खबर छापिएकाे छ । 

विश्व स्वास्थ्य संगठनले पीएम २ दशमलव ५ को मात्रा १० माइक्रोग्राम क्युबिक मिटर निर्धारण गरे पनि सरकारले राष्ट्रिय मापदण्ड ४० निर्धारण गरेको छ ।

‘काठमाडौं उपत्यकाको प्रदूषणको मुख्य कारणका रूपमा सवारी प्रदूषण नै रहेको पाइएको छ,’ वातावरणविद् भूषण तुलाधरले भने, ‘२० प्रतिशत गाडीले ५० प्रतिशत धुवाँ फालिरहेका हुन्छन्, त्यसमा पनि २० प्रतिशतले सबैभन्दा बढी धुवाँ फालिरहेको छ ।’

 

७ बर्ष अगाडि

प्रतिक्रिया