साउदीमा पुन: कडाइ, आजबाट लागु

३ बर्ष अगाडि

काठमाडौं - पछिल्ला दिनमा साउदी अरबमा कोरोनाभाइरस संक्रमण फैलिन थालेपछि त्यहाँको सरकारले पुनः कडाइ थालेको छ । सरकारले अनिवार्यरुपमा फेस मास्क लगाउने र भौतिक दुरी कायम गर्न अनिवार्य गरेको हो । 

बिहीबार बिहान ७ बजेदेखि लागू हुने गरी बाहिर निस्किँदा र काम गर्ने स्थलमा अनिवार्यरुपमा फेस मास्क लगाउनु पर्ने सरकारी नियम छ । यस्तै कम्तिमा १।५ मिटरको भौतिक दुरी कायम गर्नुपर्ने नियम लागू भएको छ । 

साउदीस्थित नेपाली दूतावासले एक सूचनामार्फत सम्पूर्ण नेपाली श्रमिकलाई यो नियमको पूर्ण पालना गर्न गराउन हुन अनुरोध गरेको छ । साउदी अरबमा  केही हप्ता अघिसम्म दैनिक ३० भन्दा कम रहेको कोभिड–१९ संक्रमणदर हालैका दिनहरूमा ह्वात्तै बढेको छ । 

तथ्यांकअनुसार दैनिक संक्रमणदर ७०० भन्दा माथि पुगेको छ । साउदी अरबमा ठूलो संख्यामा नेपाली श्रमिक कार्यरत छन् ।


 

३ बर्ष अगाडि

प्रतिक्रिया