समाजवादी क्रान्तिका कार्यदिशामा अघि बढ्न फरक फरक ठाँउमा रहेका कम्युनिष्टहरु एक हुन पर्ने : योगेश भट्टराई

४ बर्ष अगाडि

काठमाडौं - नेकपा एमालेका सचिव योगेश भट्टराईले समाजवादको लागि कम्युनिष्ट पार्टी मिल्नुको विकल्प नभएको बताएका छन् । सहिद हरि नेपाल र चन्द्र पुरीको ४२औं स्मृति सभामा बोल्दै उनले नेपालको कम्युनिष्ट आन्दोलन विभाजनको दुखद अवस्थामा रहेको बताउदै कम्युनिष्ट फुटले पूर्जिवादी प्रतिक्रियाबादी तथा नेपालमा अस्थिरता चाहने शत्तिलाई बल मिलेको बताए ।

सचिव भट्टराईले नेपालमा जनबादी क्रान्तिलाई पूर्णता दिदै समाजवादी क्रान्तिका कार्यदिशामा अघि बढ्नका लागि फरक फरक ठाँउमा रहेका कम्युनिष्टहरु एक हुन पर्ने धारणारा राखे । ब्यक्तिगत कुठा त्यागेर १० बटा पार्टी नबनाई एउटै कम्युनिष्ट पार्टी हनुपर्ने बताए । उनले नेपालमा सवै कम्युनिष्टहरु मदन भण्डारी अवलम्बन गरेको शान्तिपूर्ण बाटोमा रहेको बताउदै सवै सहिदको सपना पुरा गर्नका लागि कम्युनिष्टहरु निर्मताका साथ आत्माआलोचना गरेर एक हुनुपर्ने बताए ।

झापा आन्दोलनको नेता राधाकृष्ण मैनाली कम्युनिस्ट आन्दोलनको संकटमा रहेको बताउदै दुई तिहाइ सरकार जोगाउन नसकेर ठूलो भुल भएको बताउदै नेताहरु बदलिएमा मात्र सहिदको सपना साकार हुने धारणा राखे । कार्यक्रममा एकिकृत समाजवादी पार्टीका उपाध्यक्ष घनेन्द्र बस्नेतले पटक पटक कम्युनिष्ट पार्टीमा नेतृत्वले गलत गर्दा विद्रोहको बाटो समाउनु परेको बताउदै सहिदको सपना पुरा गर्न ईमानदार कम्युनिस्ट भएर बाँच्न सवैमा आग्रह गरे ।

कार्यक्रममा नेताहरु शुशिला श्रेष्ठ कुलप्रसाद उप्रेती लगागतले मन्तब्य राखेका थिए । हरि नेपाल स्मृति प्रतिष्ठानका अध्यक्ष भरत श्रेष्ठको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको कार्यक्रमको सञ्चालन प्रतिष्ठानका सचिव माधव प्रधानले गरेका थिए । 

४ बर्ष अगाडि

प्रतिक्रिया