काठमाडौं - सप्तकोशी डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत ९सिइओ० नवीन सुवेदी पक्राउ परेका छन् । प्रहरीले सिइओ सुवेदी सहित ३ जनालाई बैंकको रकम हिनामिना गरेको आरोपमा पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा सिइओ सुवेदी, बैंक वित्तीय प्रमुख देवीप्रसाद भण्डारी र अपरेसन प्रमुख अमित थापामगर रहेका छन् । उनीहरु बैंकको रेमिट शाखामा रहेको १५ करोड ७० लाख रुपैयाँ अपचलन गरेको आरोपमा पक्राउ परेका हुन् ।
नेपाल राष्ट्र बैंकमा परेको उजुरीका आधारमा उनीहरुलाई बुधबार प्रहरीले पक्राउ गरेको हो ।
प्रतिक्रिया