काठमाडौं - नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा विभिन्न तीन कम्पनीको सेयर मूल्य समायोजन भएको छ । मञ्जुश्री फाइनान्स, चिलिमे जलविद्युत् कम्पनी र एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेडको सेयर मूल्य समायोजन भएको छ ।
मञ्जुश्री फाइनान्स
मञ्जुश्री फाइनान्सको ४० प्रतिशत बोनस सेयरपछि नेप्सेले प्रतिकित्ता ६ सय ७० रूपैयाँ ७१ पैसा कायम हुनेगरी मूल्य समायोजन गरेको छ । नेप्सेले बुधबारको अन्तिम कारोबार मूल्य ९ सय ३९ रूपैयाँका आधारमा मूल्य समायोजन गरेको हो । सोहि प्रस्ताव पारितका लागि कम्पनीले पुस २९ गते बिहान ११ बजे कम्पनीको नयाँबानेश्वर भवन काठमाडौंमा वार्षिक साधारण सभा आव्हान गरेको छ ।
चिलिमे जलविद्युत् कम्पनी
चिलिमे जलविद्युत् कम्पनीको ७.५० प्रतिशत बोनस सेयरपछि नेप्सेले प्रतिकित्ता ४ सय ६७ रूपैयाँ ८१ पैसा कायम हुनेगरी मूल्य समायोजन गरेको छ । नेप्सेले बुधबारको अन्तिम कारोबार मूल्य ५ सय २ रूपैयाँ ९० पैसाका आधारमा मूल्य समायोजन गरेको हो । कम्पनीको २५ औं वार्षिक साधारण सभा पुस २३ गते कम्पनीको रजिष्टर्ड कार्यालय कपनमार्ग महाराजगञ्ज काठमाडौंमा हुने छ ।
एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट कम्पनी
एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेडको ५ प्रतिशत बोनस सेयरपछि नेप्सेले प्रतिकित्ता ५ सय ११ रूपैयाँ ४३ पैसा कायम हुनेगरी मूल्य समायोजन गरेको छ । नेप्सेले बुधबारको अन्तिम कारोबार मूल्य ५ सय ३७ रूपैयाँका आधारमा मूल्य समायोजन गरेको हो । कम्पनीले नवौँ वार्षिक साधारण सभा पौष २९ गते, बिहीबार आम्रपाली ब्याक्वेंट थिरबम सदन काठमाडौंमा बिहान ११ बजे हुनेछ ।
प्रतिक्रिया