काठमाडौं - नेपाल स्टक एक्सचेन्ज नेप्सेमा इन्फिनिटी लघुवित्त वित्तीय संस्था र समीट लघुवित्तको सेयर मूल्य समायोजन भएको छ ।
समिट लघुवित्त वित्तीय संस्था लिमिटेड
समिट लघुवित्त वित्तीय संस्था लिमिटेडको २५.२८५३ प्रतिशत बोनस सेयरपछि नेप्सेले प्रतिकित्ता १ हजार १ सय ६५ रूपैयाँ ३४ पैसा कायम हुनेगरी मूल्य समायोजन गरेको छ । नेप्सेले बुधबारको अन्तिम कारोबार मूल्य १ हजार ४ सय ६० रूपैयाँका आधारमा मूल्य समायोजन गरेको हो । संस्थाको तेर्हौँ वार्षिक साधारण सभा पौष २४ गते, शनिबार, आँबुखैरेनी रेष्टुरेन्ट एन्ड पार्टी प्यालेस, तनहुँमा बिहान १० बजेदेखि सुरू हुनेछ ।
इन्फिनिटी लघुवित्त वित्तीय संस्था
इन्फिनिटी लघुवित्त वित्तीय संस्थाको २७.७० प्रतिशत बोनस सेयरपछि नेप्सेले प्रतिकित्ता १ हजार ३ सय ७ रूपैयाँ ७५ पैसा कायम हुनेगरी मूल्य समायोजन गरेको छ । नेप्सेले बुधबारको अन्तिम कारोबार मूल्य १ हजार ६ सय ७० रूपैयाँका आधारमा मूल्य समायोजन गरेको हो । संस्थाको पाचौँ वार्षिक साधारण सभा पौष २७ गते, मंगलबार होटल द नारायणी, गैँडाकोट, नवलपरासीमा बिहान १० बजेदेखि सुरू हुनेछ ।
प्रतिक्रिया