आज सेयर बजार बन्द

४ बर्ष अगाडि

काठमाडौं - आज सेयर बजार बन्द हुने छ । सरकारले तमु ल्होसारको अवसरमा आज बिहीबार सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयले बुधबार विज्ञप्ति जारी गर्दै तमु ल्होसारमा देशभरका सरकारी कार्यालय तथा सार्वजनिक निकायमा सार्वजनिक बिदा दिइएको जनाएको छ । 

त्यसैले सरकारले सार्वजनिक बिदा दिने घोषणा गरेसँगै सेयर बजार पनि बन्द हुने भएको हो । बुधबार सेयर कारोबार मापक नेप्से परिसूचक ५.५१ अंकले बढेर २५२४.५० विन्दुमा पुगेको छ । नेप्से ०.२२ प्रतिशतले बढेको हो । यता सेन्सेटिभ परिसूचक पनि ०.२६ अंकले बढेर ४७१.२४ विन्दुमा पुगेको छ । 

कूल २२८ वटा कम्पनीको ५६ लाख ३८ हजार २ सय ७९ कित्ता सेयर खरिदबिक्री हुँदा ३ अर्ब ६२ करोड ३४ लाख ८० हजार २ सय ९२ रूपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया