अब विदेश घुम्न जान वर्षमा दुई पटक मात्रै डलर साट्न पाइने

४ बर्ष अगाडि

काठमाडौं - विदेशी मुद्रा सञ्चिति घट्दै गएपछि राष्ट्र बैंकले विदेश जानको लागि चाहिने विदेशी मुद्रामा समेत कडाई गरेको छ । भारतबाहेकका विदेशी राष्ट्रमा पर्यटक भिसामा घुम्न जानको लागि राहदानीबापत सटही सुविधा दिने गरेको थियो । 

सो सटही सुविधा हरेकपटक १५ सय डलर दिने गरिएकोमा अब नयाँ निर्देशन जारी गर्दै वर्षमा प्रति राहदानी दुई पटक मात्र सटही सुविधा दिने भएको छ ।नेपाल राष्ट्र बैंकले बुधबार बैंक तथा वित्तीय संस्थाहरुलाई एक निर्देशन जारी गर्दै अब बर्षमा १५ सय डलरका दरले बढिमा दुई पटक मात्र सटही सुविधा उपलब्ध गराउन सर्कुलर जारी गरेको हो । 

यसअघि बर्षमा जति पटक भिसा लाग्यो, प्रत्येक पटक १५ सय डलरको सटही सुविधा पाइन्थ्यो। राष्ट्र बैंकले बिदेशी मुद्राको सञ्चिति घट्दै गएपछि यो सुविधामा कडाइ गरेको हो । कोरिया बाहेकका देशमा रोजगार भिसामा जानेलाई २०० डलर मात्र सटही सुविधा उपलब्ध गराउन थालेको छ  । राष्ट्र बैंकले सटही सुविधा लिनेहरुको स्रोतको स्वघोषणा समेत गर्नुपर्ने सर्कुलरमा उल्लेख छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया