काठमाडौं - तमु ल्होसारका अबसरमा सरकारले आज सार्वजनिक विदा दिने निर्णय गरेको छ । बुधबार बेलुका बसेको मन्त्रिपरिषद बैठकले भोलीका लागि विदा दिने निर्णय गरेको हो ।
गृहमन्त्रालयले विदाका लागि प्रस्ताव गरेपनि मन्त्रिपरिषद्बाट निर्णय नहुँदै बुधबार केही विदाको समाचार प्रवाह भएको थियो । दिनभरीको सूचना गतल भएपनि केहीबेर अघिको मन्त्रिपरिषद बैठकले निर्णय गरेको गृह मन्त्रालयका प्रवक्ता प्रदीप कोइरालाले बताए ।
२०७७ साल चैत ९ गते प्रकाशित राजपत्रमा तमु ल्होसार सार्वजनिक विदा हुने चाडको सूचीमा थिएन । त्यो सूचनामा सम्बन्धित धर्म संस्कृती मान्ने समूदायलाई मात्रै विदा हुने भनी उल्लेख थियो ।
प्रतिक्रिया