भोली पुस १५ को सार्वजनिक विदा : दिनभरी हल्लामात्रै, बेलुका निर्णय

४ बर्ष अगाडि

तमु ल्होसारका अबसरमा सरकारले भोलि पुस १५ गते सार्वजनिक विदा दिने निर्णय गरेको छ । बुधबार बेलुका बसेको मन्त्रिपरिषद बैठकले भोलीका लागि विदा दिने निर्णय गरेको हो ।

गृहमन्त्रालयले विदाका लागि प्रस्ताव गरेपनि मन्त्रिपरिषद्बाट निर्णय नहुँदै बुधबार केही विदाको समाचार प्रवाह भएको थियो । दिनभरीको सूचना गतल भएपनि केहीबेर अघिको मन्त्रिपरिषद बैठकले निर्णय गरेको गृह मन्त्रालयका प्रवक्ता प्रदीप कोइरालाले बताए । 

२०७७ साल चैत ९ गते प्रकाशित राजपत्रमा तमु ल्होसार सार्वजनिक विदा हुने चाडको सूचीमा थिएन । त्यो सूचनामा सम्बन्धित धर्म संस्कृती मान्ने समूदायलाई मात्रै विदा हुने भनी उल्लेख थियो ।

४ बर्ष अगाडि

प्रतिक्रिया