मौसम खराबीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आज बुधवार बेलुकीका सबै आन्तरिक उडान रद्द भएका छन् ।
वायु सेवा कम्पनीहरूले सूचना निकालेर बेलुका ४ बजेपछिका सबै रात्रिकालीन उडान रद्द भएका जानकारी गराएका हुन् ।
वर्षा र हिमपातका कारण बुधबार दिउँसो त्रिभुवन विमानस्थलबाट हुने ३५ वटा उडान रद्द भएको विमानस्थल कार्यालयले जनाएको छ । कार्यालयका अनुसार आजका लागि ६५ वटा उडान तोकिएकोमा ३५ वटा उडान रद्द भएका थिए ।
उपत्यकाबाहिर विमानस्थलमा हिउँ परेको स्थानमा र वर्षाका कारण भिजिविलिटी कम भएकोले उडान रद्द भएका हुन् । काठमाण्डौमा पनि मौसम खराब भएको कारण उडानमा असर परेको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तराष्ट्रियतर्फका उडान भने नियमित भएका छन् ।
प्रतिक्रिया