काठमाडौं- रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले ५ लाख ४० हजार बराबरको मृत्यु बीमा दाबी भुक्तानी गरेको छ ।
कम्पनीको पोखरा शाखाले प्रस्ताबक देवी कुमारी खाँडको मृत्यु भएकोमा मृत्यु दाबी भुक्तानी गरेको हो ।आफनी छोरी नीति खाँडको मिति २०७५।०६।०८ गते बीमा गराएकी देवी कुमारी खाँडको मिति २०७८।०२।१२ मा मृत्यु भएकोले ५ लाख ४० हजार उक्त दाबी भुक्तानी गरेको हो।
बिमाङ्क रकम रु ५ लाख र मासिक सुबिधा वापत प्रति महिना ५ हजारका दरले पछिल्लो ८ महिनाको रु ४० हजार गरि ५ लाख ४० हजार दावी भुक्तानी गरेको यसै कम्पनीले जनाएको छ ।
प्रतिक्रिया