एमसीसी संसोधन गरेर पनि पास नगर्न माओवादी नेतृत्वलाई सुझाव

४ बर्ष अगाडि

नेकपा माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशनका प्रतिनिधिहरुलाई  अमेरिकी सहयोग परियोजना ‘एमसीसी’ कुनै पनि हालतमा पारित नगर्न नेतृत्वलाई सुझाव दिएका छन् । 

बन्द सत्रमा अध्यक्ष प्रचण्डले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथीको छलफलपछि निष्कर्ष राख्ने क्रममा प्रवास समन्वय समितिले यस्तो सुझाव दिएको हो । 

प्रवास समन्वय समितिको तर्फबाट निष्कर्ष प्रस्तुत गर्दै टोलीनेता मनऋषि धितालले आफ्नो समूहमा भएको छलफलमा सहभागीहरुले संशोधन भएको अवस्थामा समेत पारित गर्न नहुने सुझाव दिएको प्रस्ट पारे । ‘एमसीसी पारित गर्नु हुँदैन, संशोधन गरिए पनि यसलाई पारित गर्नु हुँदैन भन्ने सुझाव आएको छ,’ बन्दसत्रमा उनले भने ।

अध्यक्षको प्रतिवेदनमा ‘वाम लोकतान्त्रिक शक्तिको साझा कार्यभार’ भनिएको उल्लेख गर्दै धितालले ‘क्रान्तिकारी शक्तिको साझा कार्यभार’ भनेर छुट्टै चर्चा गरेको भए हुन्थ्यो भन्ने सुझाव आफ्नो टोलीमा रहेका प्रतिनिधिहरुले राखेको जानकारी दिए ।

राजनीतिक प्रतिवेदनमा चीन कुन बाटोमा छ भन्ने पनि उल्लेख गर्नुपर्ने उनको भनाइ छ । 
 

४ बर्ष अगाडि

प्रतिक्रिया