फोनपे पेमेन्टको ‘झट्ट ट्रान्सफर, चट्ट कार’ योजनाका ३० जना विजेतालाई आइफोन १३ हस्तान्तरण

४ बर्ष अगाडि

काठमाडौं- भुक्तानी प्रणाली सञ्चालक फोनपे पेमेन्ट सर्विस लिमिटेडले सञ्चालनमा ल्याएको ‘झट्ट ट्रान्सफर, चट्ट कार’ योजनाका दैनिक विजेतालाई आइफोन हस्तान्तरण गरिएको छ । 

फोनपेले असोज ३१ देखि पुष १६ सम्म सञ्चालन हुने गरि ल्याएको यस योजनामा हालसम्म ३० जनालालाई आइफोन १३ हस्तान्तरण गरिएको छ ।

विजेताहरूलाई फोनपेका ब्राण्ड एम्बेष्डर सन्दिप क्षेत्रीले आइफोन हस्तान्तरण गरेका थिए । यो योजनामा फोनपे डाइरेक्ट मार्फत अन्तरबैंक रकम ट्रान्सफर गर्ने व्यक्तिले हरेक दिन एक वटा आइफोन जित्न सक्नेछन्। यस्तै, बम्पर उपहारमा एक जना भाग्यशाली विजेताले कार उपहार पाउनेछन् ।

फोनपे मार्फत कुनै पनि बैंकमा रकम प्राप्त गर्ने व्यक्तिको मोबाइल नम्बर उल्लेख गरेर १० रूपैयाँमै सहज रुपमा रकम पठाउन सकिन्छ। फोनपे नेटवर्कमा आबद्ध कुनैपनि बैंक तथा वित्तीय संस्थाका मोबाईल एप्स्मा रहेको सेण्ड मनि अप्सनमा गइ फोनपे डाइरेक्ट क्लिक गरि सहजै रकम पठाउन सकिन्छ। फोनपे नेटवर्कमा ६० वटा बैक तथा वित्तीय संस्था आवद्ध छन्। 

४ बर्ष अगाडि

प्रतिक्रिया