काठमाडौं, साताको चौथो कारोबारको दिन (बुधबार) शेयर बजार सामान्य अंकले बढेको छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ५.५१ अंकले बढेर २५२४.५० विन्दुमा पुगेको छ । नेप्से ०.२२ प्रतिशतले बढेको हो । यता सेन्सेटिभ परिसूचक पनि ०.२६ अंकले बढेर ४७१.२४ विन्दुमा पुगेको छ ।
कारोबारमा आएका कूल २२८ वटा कम्पनीको ५६ लाख ३८ हजार २ सय ७९ कित्ता सेयर खरिदबिक्री हुँदा ३ अर्ब ६२ करोड ३४ लाख ८० हजार २ सय ९२ रूपैयाँ बराबरको कारोबार भएको छ ।
कारोबार भएका कूल १३ उपसमूहमध्ये आज ८ वटा उपसमूहको शेयर बढेको छ भने बाँकी ५ वटा उपसमूहको शेयर घटेको छ ।
बुधबार पनि हिमालयन डिष्टीलरीको सर्वाधिक कारोबार भएको छ । कम्पनीको ५२ करोड ५५ लाख ८० हजार रूपैयाँ बराबरको कारोबार भएको हो ।
बुधबार मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडको शेयरमूल्य सर्वाधिक बढेको छ । कम्पनीको शेयरमूल्य ९.९९ प्रतिशतले बढेर एक सय ४६ रूपैयाँ ४० पैसा पुगेको छ ।
आज नारायणी डेभलपमेन्ट बैंक लिमिटेडको शेयरमूल्य सबैभन्दा धेरै घटेको छ । बैंकको शेयरमूल्य ३.३९ प्रतिशतले घटेर प्रतिकित्ता ४ सय ८५ रूपैयाँमा झरेको छ ।
प्रतिक्रिया