५ कम्पनीको शेयरमूल्य ५ प्रतिशत बढीले वृद्धि, कुनको शेयरमूल्य कति पुग्यो ?

४ बर्ष अगाडि

काठमाडौं- साताको चौथो कारोबारको दिन (बुधबार) नेपाल स्टक एक्सेन्च (नेप्से) मा कारोबारको अन्तिम समयसम्म आइपुग्दाँ ५ कम्पनीको शेयरमूल्य ५ प्रतिशत बढीले वृद्धि भएको छ ।

आज ५ प्रतिशत बढीले शेयरमूल्य वृद्धि भएका ५ कम्पनी मध्ये दुई कम्पनीको शेयरमूल्य सकरात्मक सर्किट लेभमा वृद्धि भएको छ ।

मध्य भोटेकोशीको शेयरमूल्य ९.९९ प्रतिशतले बढेर प्रतिकित्ताको मूल्य रु.१४६.४० पुगेको हो । 

यस्तै, नेपाल बङ्गलादेश बैंकको शेयरमूल्य ९.०८ प्रतिशतले बढेर प्रतिकित्ताको मूल्य रु.४०२.५० पुगेको छ ।

यसैगरी,प्राइम इन्स्योरेन्सको शेयरमूल्य ६.५९ प्रतिशतले बढेर शेयरमूल्य १ हजार ६,राष्ट्रिय बीमाको ५.९३ प्र्रतिशतले बढेर रु.१७ हजार १०० र आरएमडिसी लघुवित्तको ५.५४ प्रतिशतले बढेर रु.१ हजार ३७२ पुगेको छ ।

आज नेप्सेमा कारोबारको अन्तिम समयसम्ममा २२८ कम्पनी कारोबारमा आएका थिए । जसमध्ये ९१ कम्पनीको शेयरमूल्य बढेको छ भने ८७ कम्पनीको शेयरमूल्य घटेको छ र १२ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । 
 

४ बर्ष अगाडि

प्रतिक्रिया