आर्थिक वर्ष २०७८÷०७९ को छैठौं महिना शुरु भएपछि सरकारी खातामा ६ अर्ब ३० करोड रुपैयाँ वैदेशिक अनुदान प्राप्त भएको छ । आर्थिक वर्ष शुरु भएको पाँच महिना सम्म नआएको वैदेशिक अनुदान छैठौं महिनाको दोस्रो सातामा प्राप्त भएको हो ।
पुस ८ गते बिहीबार प्राप्त भएको सो अनुदान कुल सरकारी लक्ष्यको जम्मा १० दशमलव ५२ प्रतिशत मात्र हो । अहिलेसम्म ५९ अर्ब ९१ करोड वैदेशिक अनुदान परिचालन गर्ने सरकारको लक्ष्य रहेको थियो ।
सरकारी आय व्ययको हिसाब राख्ने महालेखा नियन्त्रकको कार्यालयका अनुसार वैदेशिक सहायतामा सञ्चालित आयोजनामा खर्च भइसकेको रकम शोधभर्ना बापत सरकारी खातामा आएको हो ।
कुनै पनि विदेशी सहयोगमा सञ्चालित आयोजनामा सुरुमा नेपाल सरकारले बजेट दिएर खर्च गर्ने र खर्च पुष्टि भएपछि सो बराबरको रकम दातृ निकायले शोधभर्ना बापत नेपाल सरकारको खातामा दिन्छन् ।
चालू आर्थिक वर्षमा ५९ अर्ब ९१ करोड रुपैयाँ वैदेशिक अनुदानबाट पूर्ति गर्ने चालू आर्थिक वर्षको बजेटको लक्ष्य छ ।
प्रतिक्रिया