काठमाडौं, साताको चौथो कारोबारको दिन (बुधबार) नेपाल स्टक एक्सेन्च (नेप्से) कारोबारको करिब करिब अन्तिम सयमसम्म आइपुग्दाँ ५ कम्पनीको २ लाख बढी कित्ता शेयर खरिदमाग भएको छ ।
आज पनि २ बजेर ४५ मिनेट जाँदासम्म मध्य भोटेकोशी जलविद्युतको शेयर सर्वाधिक खरिदमाग भएको हो । कम्पनीको १० लाख १२ हजार ८०२ कित्ता शेयर खरिद माग भएको छ ।
यस्तै,गोर्खाज फाइनान्सको ४ लाख ७२ हजार ४५८ कित्ता शेयर खरिदमाग भएको छ ।
यसैगरी,सिद्धार्थ इक्विटी फण्डको २ लाख ५० हजार ९४० कित्ता,सनराइज बिल्युचिप फण्डको २ लाख २४ हजार ४८ कित्ता र नबिल ब्यालेन्स फण्डको २ लाख २३ हजार ९४५ कित्ता शेयर खरिद माग भएको हो ।
प्रतिक्रिया