काठमाडौं, राजमौलीद्धारा निर्देशित फिल्म ‘आरआरआर’ बहुप्रतीक्षित फिल्म मध्ये एक हो । चलचित्रमा साउथ सुपरस्टार राम चरण र जुनियर एनटीआर तथा बलिउड अभिनेता अजय देवगन र अभिनेत्री आलिया भट्टको अभिनय छ ।
चलचित्रले रिलिजअगावै १० लाख डलर संकलन गरिसकेको छ । आरआरआरले अमेरिकामा प्रिबुकिङमार्फत १० लाख डलर (करिब १२ करोड भारु) संकलन गरेको हो । चलचित्रको हल रिलिज आउँदो जनवरी ७ तारिखमा तोकिएको छ ।
चलचित्रको लगानी भारु ४०० करोड रहेको छ ।
अमेरिकामा हलमा फेसमास्कबिना दर्शकलाई हल प्रवेश गर्न नदिइने र ओमिक्रोन संक्रमितको संख्या बढेमा ५० प्रतिशत अकुपेन्सीमा खुम्च्याउने पनि बताइएको छ ।
यसैबीच, नयाँ दिल्लीमा पनि संक्रमितहरूको संख्यामा वृद्धि आउन थालेसँगै मंगलबार दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले हल, स्पा र जिमखानाहरू बन्द गर्न निर्देशन दिइसकेका छन् । यो निर्णयले आरआरआरलगायत रिलिजको तयारीमा रहेका अरू चलचित्रहरूलाई अप्ठ्यारो पर्ने देखिन्छ ।
प्रतिक्रिया