ग्रामिण भेकमा पनि भुकम्प प्रतिरोधी भवन बनाउन आवस्यक : गृहमन्त्री खाँण

३ बर्ष अगाडि

गृहमन्त्री बालकृष्ण खाँणले ग्रामिण भेगमा पनि भूकम्प प्रतिरोधी मापदण्ड अनुरुप बनाउनु आवस्यक रहेको बताएका छन् । 

आज २४ औँ भूकम्प सुरक्षा दिवस मूल समारोह समितिको बैठकमा गृहमन्त्री खाँणले अहिले ग्रामिण भेगमा भवन निर्माण तिब्र भइरहेको भन्दै पनि भुकम्प प्रतिरोधी भवन निर्माण आवश्यक रहेको बताए । 

ग्रामिण भेगमा जनसंख्या वृद्धि भएसँगै तिव्र गतिमा भवन निर्माण हुन थालेको र यसले गर्दा भूकम्पबाट बच्ने सुरक्षा चुनौती पनि थपिएको उनको भनाई छ । ‘ठूला भवनहरु र विद्यालयको भवन निर्माण गर्ने क्रममा त सरकारको मापदण्ड अनुसार अवलम्वन गरेको देखिन्छ’, उनले भने, ‘त्यसकारणले गाउँपालिकालाई पनि नगरपालिकाले अवलम्वन गर्ने मापदण्ड अवलम्वन गरिरहनुभएको भए त्यो गाउँपालिकालाई धन्यवाद । गरिरहनुभएको छैन भने त्यो गाउँपालिकाहरुलाई पनि भवन निर्माणको मापदण्ड अवलम्वन गर्नु उचित हुन्छ जस्तो लाग्छ । त्यसका लागि सम्बन्धित निकायहरुले नेतृत्व गर्नुपर्ने र पहल गर्नुपर्ने देखिन्छ ।’

गृहमन्त्री खाँणले यस वर्षको २४ औँ भूकम्प सुरक्षा दिवसलाई औपचारिक कार्यक्रम भन्दापनि सन्देशमूलक कार्यक्रमको रुपमा मनाउन निर्देशन दिए । भूकम्प सम्बन्धी सचेतना कार्यक्रम र प्रचार प्रचार सबै नागरिकसम्म पुराउनु पर्नेमा उनको जोड छ ।
 

३ बर्ष अगाडि

प्रतिक्रिया