काठमाडौं-अर्घाखाँची सिमेन्टले बुक बिल्डिङ प्रक्रियाबाट आईपीओ निष्काशन गर्ने प्रक्रिया अगाडि बढाएको छ ।
कम्पनीले माघ ५ गते हुने वार्षिक साधारणसभाबाट बुक बिल्डिङ विधिबाट आईपीओ जारी गर्ने प्रस्ताव पारित गर्ने भएको छ । कम्पनीले आईपिओ निष्काशनका लागि सोहि अनुसार अधिकृत पुँजी, जारी तथा चुक्ता पूँजी परिवर्तन गरी प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने प्रस्ताव अघि सारेको छ । सो कार्यका लागि संचालक समितिलाई अख्तियारी दिने प्रस्ताव साधारसभाबाट अनुमोदन गराउने भएको छ ।
साथै उक्त साधारण सभाले आ.व. २०७७/०७८ को बार्षिक प्रतिवेदन, लेखापरिक्षणको प्रतिवेदन सहित २०७८ आषाढ मसान्तको वासलात, वार्षिक नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरु माथि छलफल गरी पारित गर्नेछ । उक्त साधारणसभाले सञ्चालक समितिको पुर्नगठन पनि गर्नेछ।
अर्घाखाँची सिमेन्ट लिमिटेडद्धारा उत्पादन भइरहेको अर्घाखाँची ओपिसी सिमेन्टले ४३ ग्रेड सिमेन्टको इजाजत प्राप्त गरेको छ । नेपाल गुणस्तर तथा नापतौल विभागले एनएचएस–५७२ प्रमाणीकरण गरी कम्पनीलाई ४३ ग्रेडको प्रमाणपत्र प्रदान गरेको थियो ।
प्रतिक्रिया