आज हवाइ उडान ४ घण्टासम्म डिले हुने

३ बर्ष अगाडि

वर्षाका कारण आज बुधबार देशको आन्तरिक हवाइ उडान चार घण्टासम्म ढिलो (डिले) हुने भएको छ । मंगलबार रातीबाट सुरु भएको वर्षाका कारण केही उडान प्रभावित भएपछि आजको आन्तरिक उडान चार घण्टासम्म डिले हुन सक्ने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ । 

सामान्यता विमानस्थलमा पाइलटले सिधै रनवे देखेर नै उडान तथा अवतरण गर्ने (भिएफआर) प्रणालीबाट उडान तथा अवतरण हुनुपर्नेमा आज मौसम प्रतिकुलताका कारण आइएफआर प्रणाली (यान्त्रिक उपकरणको सहयोग) उडान तथा अवतरण भइरहेकोले उडान डिले भएकाे कार्यालयले जनाएकाे छ।

आज आन्तरिक तर्फ ३ सय वटाभन्दा बढी उडान रहेकोमा लुक्ला, भैरहवा, नेपालगन्ज लगायतका नियमित उडान प्रभावित भएका छन भने लुक्ला, पोखरा, भैरहवा, नेपालगञ्ज लगायतका गन्तव्यमा उडान नै हुन नसकेको कार्यालयले जनाएको छ । 

विमानस्थल कार्यालयका अनुसार बिहान बुद्ध, यती, श्री, गुण, सौर्य, तारा, समिट, सिता लगायत वायुसेवा कम्पनीको नियमित उडान नै प्रभावित भएको छ । 

आज मौसमको अवस्था यस्तै रहेमा बेलुकासम्म केही गन्तव्यका उडान रद्द पनि हुन सक्ने जनाइएको छ ।  विमानस्थाल कार्यालयका अनुसार अन्तर्राष्ट्रियतर्फको उडान÷अवतरणमा भने खासै प्रभाव परेको छैन । 

३ बर्ष अगाडि

प्रतिक्रिया